समानुपातिक बन्दसूचीबाट महराको नाम हटाइयो, उनकी छोरी भने सांसदमा सिफारिस

काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ।

आइतबार मध्यरातमा माओवादीले बुझाएको अन्तिम बन्दसूचीबाट महराको नाम हटाइएको एक शिर्षनेताले जानकारी दिए। महरा आफैंले नाम हटाउन लगाएको बताइएको छ।

२०४८ सालदेखि लगातार टिकट पाएका र जितेका महरालाई समानुपातिकमा राखिएकोमा आलोचना भएको थियो।

महराकी छोरी प्रगति महरा भने लुम्बिनी प्रदेश सभाका लागि समानुपातिक सांसदमा सिफारिस भएकी छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार