फिल्म ‘२ नम्बरी’को प्रमोशन गर्न नेपाल आइन् भुटानी अभिनेत्री उगेन

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘२ नम्बरी’ असोजको २१ गतेबाट प्रदर्शन हुँदैछ।

आफू अभिनित फिल्मको प्रमोशनका लागि भुटानी अभिनेत्री उगेन छोदेन नेपाल आएकी छन्। फिल्मको छायांकन सकेर भुटान फर्किएकी उगेन बिहीबार बिहान नेपाल आएकी हुन्।

फिल्मको ट्रेलर केही दिनमा सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ। फिल्मका कलाकार सबै अन्य प्रोजेक्टमा व्यस्त हुँदा ट्रेलर सार्वजनिक हुन सकेको थिएन। अब फिल्मकी अभिनेत्री उगेन पनि भुटानबाट आएपछि केही दिनमै ट्रेलर सार्वजनिक गर्न लागिएको हो।

यो फिल्मलाई लिएर प्रस्तुतकर्ता किरण नेपाली उत्साहित छन्।

दुई साथीको मित्रतालाई देखाइएको फिल्ममा सौगात मल्ल, दयाहाङ राई, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ, पुष्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, श्रेयांश पौडेल, विश्वास गुरुङ, डिबी गुरुङ, राजु थापामगर, सागर शाह ठकुरी, सतिश सिंह खत्री, गणेश बस्याल, राजकुमार राईलगायत कलाकारको अभिनय छ।

फिल्ममा सौगातको जोडी उपासना र दयाहाङको जोडीको रुपमा उगेनलाई देख्न सकिन्छ। भुटानी अभिनेत्री उगेन याे डेब्यू नेपाली फिल्म हाे।

दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानीमा बनेको फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन्।

सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्मको सह-निर्मातामा मिठु तामाङ्नी रहेकी छिन्। सुशान्त प्रजापतिको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार