इन्टरमा लुकाकुले पाए ९० नम्बरको जर्सी

काठमाडौं । इटालियन क्लब इन्टर मिलानमा फरवार्ड रोमेलु लुकाकुले ९० नम्बरको जर्सी लगाउने भएका छन् । इन्टरले बेल्जियमका फरवार्ड लुकाकुलाई ९० नम्बरको जर्सी दिईएको जनाएको छ । सिरी ए क्लबले लुकाकुलाई इंग्लिस क्लब चेल्सीबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।

२९ वर्षीय लुकाकु एक सिजनपछि लोनमा इन्टर फर्किएका हुन् । लुकाकु गत वर्ष इन्टरबाट क्लबको कीर्तिमानी ९७।५ मिलियन पाउण्डमा चेल्सीमा पुनस् अनुबन्धित भएका थिए । लुकाकुले चेल्सीसँग पाँच वर्षको सम्झौता गरेका थिए ।

लुकाकु सात वर्षपछि चेल्सी फर्किएका थिए । लुकाकुले सन् २०१४ मा चेल्सी छाडेका थिए । चेल्सी छाडेर लुकाकु एभर्टन गएका थिए । एभर्टनबाट सन् २०१४ देखि २०१७ सम्म उनले १ सय ६६ खेलमा ८७ गोल गरेका थिए ।

सन् २०१७ मा म्यानचेस्टर युनाईटेडमा अनुबन्धित भएका लुकाकुले ओल्डट्राफोर्ड बसाईमा ९६ खेल खेल्दै ४२ गोल गरेका थिए । युनाईटेडपछि लुकाकु सन् २०१९ मा इन्टर मिलानमा अनुबन्धित भएका थिए । लुकाकुले गत सिजन चेल्सीका लागि कुल १५ गोल गरेका थिए । यस्तै २६ प्रिमियर लिगमा ८ गोल गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार