गोरखा र कास्कीमा भुईंचालो

आज बिहान सबेरै गोरखा र कास्कीमा भूकम्प गएको छ । गोरखामा ४.१ रेक्टर स्केलको र कास्कीमा ४.९ रेक्टर स्केलको भूकम्प गएको हो ।

गोरखामा आज बिहान ७ बजेर २२ मीनेटको समयमा थुमी केन्द्रविन्दु भएर भूकम्प गएको हो । उक्त भूकम्प पोखरालगायत आसपासका क्षेत्रमा महशुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आजै बिहान ३ बजेर ५६ मिनेटको समयमा कास्कीको माछापुच्छे« गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का पश्चिममा बागलुङ र पूर्वमा तनहुँसम्म महशुस गरिएको बताइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार