दशकमै करोडपति बनेका विजय : पहिले लिन्थे ५ सय रुपैयाँ, अहिले १०० करोड भारु

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार थलापति आज उद्योगमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता मध्ये एक हुन् । विजयले आफ्नो पहिलो फिल्मको लागि ५ सय ​​रुपैयाँ पाएका थिए ।

विजयले १० वर्षको उमेरमा फिल्म वेत्रीबाट आफ्नो करियर सुरु गरेका थिए । त्यसपछि उनले १८ वर्षको उमेरमा चलचित्र ‘नालय थेरपु’ बाट मुख्य कलाकारको रूपमा काम गर्न थाले । उनले बिस्ट, मास्टर जस्ता धेरै सुपरहिट फिल्म गरेका छन् ।

विजयले अहिलेसम्म ६५ फिल्ममा मुख्य भूमिका निर्वाह गरिसकेका छन् । विजयको नाम धेरै पटक फोर्ब्सको सूचीमा पनि परेको छ । सुपरस्टार थालापथी विजय आज ४८ वर्षका भएका छन् ।

जोसेफ विजय चन्द्रशेखरको जन्म २२ जुन १९७४ मा मद्रासमा भएको थियो। उनका बुबा एस. ए चन्द्रशेखर तमिल फिल्म निर्देशक थिए भने उनकी आमा शोभा चन्द्रशेखर पार्श्व गायिका थिइन्। तर उनका बुबा फिल्म निर्देशक भए पनि, विजयले यस्तो समय पनि देखे जब उनकी आमा शोभाले प्लेब्याक गायनबाट दिनको १०० रुपैयाँ कमाऊ थिइन्, जसबाट परिवारको खर्च चल्थ्यो ।

आमाले काम नपाएका दिन विजयको परिवार भोकै सुत्नुपर्थ्यो ।

एक दिन विजयको संसार बदलियो जब उनकी बहिनी विद्याको २ वर्षको उमेरमा मृत्यु भयो । विजयकी आमाका अनुसार विजय बाल्यकालमा निकै सक्रिय थिए र चकचके थिए तर बहिनी विद्याको मृत्युपछि विजय चुपचाप र डिप्रेसनमा बस्न थाले ।

विजयको करियर १० वर्षको उमेरमा १९८४ मा आएको फिल्म वैत्रीबाट सुरु भएको थियो । यस फिल्ममा विजयले बाल कलाकारको रूपमा काम गरेका थिए जसका लागि उनलाई ५ सय रुपैयाँ पारिश्रमिक दिइएको थियो । त्यसपछि उनले बाल कलाकारको रूपमा धेरै चलचित्रमा काम गरे ।

विजय सबैभन्दा धेरै फिस लिने तमिल अभिनेता हुन्। उनले फिल्म ‘थलापथी ६५’का लागि एक अर्ब भारतीय रुपैयाँ पारिश्रमिक लिएर सुपरस्टार रजनीकान्तलाई पनि पछि पारेका छन् । रजनीकान्तले फिल्म दरबारका लागि ९० करोड पारिश्रमिक लिएका थिए ।

थालापथी विजयले हालसम्म ६५ चलचित्रमा अभिनय गरिसकेका छन् जसमध्ये उनका अधिकांश चलचित्र हिट भएका छन् । कथ्थी, मास्टर, थेरी जस्ता चलचित्र उत्कृष्ट प्रदर्शनका लागि परिचित छन् ।

थालापथी विजयको कुल सम्पत्ति ४२० करोड भारतीय रुपैयाँ छ। विजय विलासी जीवन बिताउँछन्। विजयको वार्षिक कमाई १०० देखि १२० करोडसम्म रहेको छ। उनी धेरै ठूला कम्पनीको विज्ञापन गर्छन् । उनीसँग धेरै लक्जरी गाडीहरूको सङ्ग्रह छ। अभिनेता आफ्नो परिवारसँग चेन्नईस्थित आफ्नो बङ्गलामा बस्छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार