पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धिको प्रभाव अत्यावश्यक सेवामा देखिन थालेको छ । डिजेलको भाउ अचाक्ली बढेको कारण देखाउँदै काठमाडौं उपत्यका खानेपानी लिमिटेड, ट्याङ्कर शाखाले पानी वितरण बन्द गरेको हो ।
शाखाले जारी गरेको सूचनामा ट्याकंरबाट पानी वितरण गर्न नसक्ने अवस्था सिर्जना भएको जनाइएको छ । इन्धनको मूल्य निरन्तर उकालो लागेपछि आन्तरिक समस्या झेल्दै आएको केयुकेएलले अब ट्याङ्कर सेवा बन्द गरेको हो ।
ट्याङ्करले अबदेखि अस्पतालमा मात्र पानी वितरण गर्ने निर्णय गरेको छ । आजदेखि आगामी असार १५ गतेसम्म बारका आधारमा अस्पतालमा पानी वितरण गरिनेछ ।
बजेट अभावका कारण इन्धनको रकम भुक्तानी गर्न नसकेपछि शाखाले सेवा नै बन्द गरेको हो । शाखाले इन्धनका निम्ति साझा पेट्रोल पम्पसँग सम्झौता गरेको छ ।