युक्रेन-रुस युद्ध : युक्रेनी गाउँको जंगलमा लुक्दै भगौडा रुसी फौज

एजेन्सी । खार्किभ नजिकै इजुम सहर छेउको सानो सहर बोरोभामा स्थानीय बासिन्दाले रुसी भगौडा सेना देखेको बताएका छन् । यसबारे बोरोभा समुदाय परिषद्ले सामाजिक सञ्जालमा लेखेको हो ।

परिषद्का एकजना अधिकारीले लेखेका छन्, ‘उनीहरू घाइते, हिलोमैलो, भोकाएको स्थिति एवं आक्रोशित मुद्रा र क्षतिग्रस्त उपकरणका साथमा यहाँ फर्केका छन् । उनीहरूले हाम्रो गाउँमा बस्ने एउटा थलो भेटाएका छन् ।

हामीलाई प्राप्त समाचार अनुसार करिब दुई सयजना रुसी फौज अहिले हाम्रो गाउँ नजिकको जंगलमा लुकिरहेका छन् । उनीहरूका कमान्डरहरूले उनीहरूको खोजी गरिरहेका छन् ।’

इजुम सहरमाथि कब्जा गर्न भएको अर्को युद्धमा पराजित भएपछि रुसी फौजको एक समूह बोरोभा नजिकको एउटा सानो गाउँ गोरोहोभात्कतर्फ भागेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार