रवि लामिछानेले आफ्नो पार्टीको नाम घोषणा गरेका छन् । उनले नयाँ दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी भएको बताएका छन् । आगामी आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिस्पधा गर्ने बताइरहँदा लामिछानेले पार्टीको नाम घोषणा गरेका हुन् ।
हिजै मात्र उनका दाजु हरिशरण लामिछानेले आफू काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उठ्ने बताएका थिए । आगामी १७ र १८ गते स्वतन्त्र उम्मेदवारहरुको राष्ट्रिय भेलाले उम्मेदवार र निर्वाचन क्षेत्र तय गर्ने बताइरहँदा उनका भाई रविले आज नयाँ पार्टीको नाम घोषणा गरेका छन् ।