काठमाडौं। ट्रान्सजेन्डर खेलाडीसँग सम्बन्धित एउटा निर्णयमा फिनाले महत्वपूर्ण निर्णय लिएको छ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यता प्राप्त फिनाले पानीमा हुने खेलको निरीक्षण गर्दछ।
यतिबेला फिनाले एक अमेरिकी ट्रान्सजेन्डर महिलालाई पौडी खेलमा उनले महिलासँग प्रतिस्पर्धा गर्न नपाउने निर्णय गरेको हो। फिनाका अनुसार पुरुषको रुपमा जन्मिएका तर लिंग परिवर्तनपछि महिला बनेका व्यक्तिहरुले महिलासँग पौडीमा प्रतिस्पर्धा गर्न पाउनेछैनन्।
यो नयाँ नीतिलाई ७१.४ प्रतिशत स्वीकृति मिलेको मार्काले जनाएको छ। प्रस्तावना अनुसार अब ट्रान्सजेन्डर महिलाले ‘ओपन क्याटगोरी’ अन्तर्गत प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। यसलाई पुरुष र महिलाबाहेकको विधा भनिएको छ।
अमेरिकी पौडीबाज लिया थोमस पुरुष भएर जन्मिएकी थिइन्। पछि लिंग परिवर्तन गरेर उनी महिला भएकी थिइन्।
उनले गत मार्चमा महिला ५ सय मिटिर पौडी खेलमा गोल्ड मेडर हात पारेकी थिइन्।
यससँगै पुरुषको क्षमता भएका ट्रान्सजेन्डर व्यक्तिले महिलाको प्रतिस्पर्धामा भाग लिन नपाउने भन्दै विरोध भएको थियो।