अमेरिकाका लडे, भुटानका गुडे

अमेरिकी राष्ट्रपति जो बाइडेन साइकल चढ्ने क्रममा अस्ति शनिबार बिहान घर नजिकै लडे । बृद्ध उमेरका बाइडेनले साइकल चढेको देखेपछि सर्वसाधारण पनि सवारी साधन छाडेर साइकलतर्फ आकर्षित हुने सरकारी अधिकारीहरुको दाबी छ ।

यता भुटानका नरेश जिग्मे खेसार नामग्याल वाङचुकले पनि राजधानी थिम्पुमा साइकल चढेको फोटो सार्वजनिक भएको छ । विश्वव्यापी रुपमा आकाशिएको पेट्रोलियम पदार्थको मूल्य र स्वास्थ्य सतर्कतालाई ध्यानमा राखेर अहिले पैदल वा साइकल यात्रा गर्नुलाई चिकित्सकहरुले पनि सिफारिस गरेका छन् ।

नेपालमा हिजो रातीदेखि तेलको भाउ बढेर प्रतिलिटर दुई सय रुपैयाँ पुगेको छ । हाम्रो सन्दर्भमा पनि अत्यावश्यकतालाई ध्यानमा राखेर पेट्रोलियम पदार्थको खपत घटाउँदै लैजान राजनीतिक नेतृत्वले यस्ता उदाहरण कहिले देखाउने ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार