साप्ताहिक राशिफल: जेठ १५ देखि २१ गतेसम्म

मेष–यो सातामा रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । साथीभाइको सहयोग मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनसक्छ । पारिवारिक भेटघाट हुनुका साथै इस्टमित्रहरूसँग पनि मेलमिलाप हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेममा सफलता पनि पाइनेछ, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

वृष–यो साता मालसामान हराउन सक्छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । साताको अन्त्यमा परिवारमा जमघट वा कुनै धार्मिक कार्य सम्पन्न हुनेछ । दैनिक कामहरू अगाडि बढ्न थाल्दछ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग सेतो या गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले राम्रो हुनेछ ।

मिथुन–यो हप्तामा रमणीय र सुखद् यात्राको योग छ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । शत्रु क्षय होलान्, तर नाक तथा घाँटीमा समस्या बढ्न सक्छ अत: स्वास्थ्य प्रति सजगता हुनुपर्छ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सुन्तला रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्नाले सफलता मिल्नेछ ।

कर्कट–यो साता धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ । रोजगार वा नयाँ कार्यको अवसर मिल्नेछ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । सन्तान सुख पनि मिल्नेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ र घरायसी झमेलामा परिएला । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको स्मरण गरी कार्य गर्नाले सफलता मिल्नेछ ।

सिंह–यो सातामा स्वादिष्ट भोजनको आनन्द पाइएला । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । टाढिएका मित्रसँग नजिकिने समय छ । कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । मनोरञ्जनमा सहभागिता भइएला । मध्य सातामा झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । यो साताका लागि शुभ अङ्क १,२ र शुभ रङ्ग पर्पल वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

कन्या–यो साता स्वास्थ्यमा समस्या बढ्न सक्छ । कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । पुँजी बजारमा लगानी गर्नु पनि उपयुक्त नहोला । मध्य सातामा साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । उपहार पाइने सम्भावना पनि छ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

तुला–यो हप्तामा नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोकिएका काम पुनः सुरु हुन सक्छन् । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । मध्य सातामा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । शेयर बजारको लगानी नोक्सानी बढ्न सक्छ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग खैरो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

वृश्चिक–यो सातामा लाभदायक यात्रा रहने र नयाँ कार्यको थालनी होला । शुभकार्यको चर्चा चल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् । अध्ययन – अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ । यो साताका लागि शुभ अङ्क ६ र शुभ रङ्ग कालो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

धनु–यो साता शुभकार्यको चर्चा चल्नेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । बौद्धिकताको विकास हुनेछ । नयाँ काममा सफलता मिल्नसक्छ । रमाइलो यात्राको योग रहेको छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग खैरो वा घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

मकर–लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । पारिवारिक सद्भाव बढ्नेछ । नयाँ व्यक्ति सँग भेटघाट हुने समय छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मध्य सातामा अनावश्यक ठाउँमा धन खर्च होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

कुम्भ–यो साता धर्म, तथा समाजसेवामा मन लाग्नेछ । मित्रताको बन्धन कसिने समय छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । सफल यात्रा र नजिकको मित्रसँग भेटघाट हुनेछ , तर स्वास्थ्य मापदण्डको पालना गर्नु पर्छ । यो साताका लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग हरियो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मिन–यो साता घुमफिर, मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्ने र धनार्जन हुनेछ । घरमा अतिथिको आगमन हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग पहेँलो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्म्मीजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार