लमजुङ्गमा ल्यायो एमालेले अचम्मको लहर

चार पालिकामध्ये एमालेलाई तीन नगरपालिकामा झिनो आशा रहेतापनि बिरासत गुमाउने सम्भावना बलियो छ । गत स्थानीय निर्वाचनमा सुन्दरबजार र राइनाश नगरपालिकाको प्रमुख जितेको एमाले यसपटक भने हारको निकट देखिएको छ । अघिल्लो पटक मेयर मात्रै जितेको राईनासका दुईटा वडामा जीत त निकालिएको छ तर मेयर,उपमेयर सहितको बहुमत गठबन्धनले लाने जस्तो देखिन्छ।

सुन्दरबजार नगरपालिकामा मेयरसहित बहुमत वडा जिते पनि मेयर गुम्ने खतरा छ । सधैं कांग्रेसको पकेट क्षेत्र रहेको सुन्दरबजार -४ दुराडाँडामा भने एमालेले इतिहास रचेको छ । पत्रकारसमेत रहेका कृष्णप्रसाद अधिकारीले नेपाली कांग्रेसका कृष्णविकास न्यौपानेलाई ६६ मतले पराजित गरेका छन् ।

लमजुङ्गका दुईवटा नगरपालिका गुम्ने संघारमा पुग्दै गर्दा सदरमुकाम बेसीशहर भने एमालेले कब्जा गर्ने भएको छ । गत निर्वाचनमा एमाले,माओवादी मिल्दा समेत पराजित भएको बेसीशहर १, २, १० र दुई मतले मात्रै जितेको ११ नम्बर वडासमेत एमालेले जितेको छ ।१० नम्बर वडामा गत निर्वाचनमा ३ सय भन्दा बढी मतले कांग्रेसका अर्जुन थापाले जितेको सोही वडामा एमालेका गंगाबहादुर थापाले २ सय ९२ मतान्तरले गठबन्धनका उम्मेदवारलाई हराएका छन् ।

गत निर्वाचनमा दुई मतले मात्रै पराजित कांग्रेसका सुरेशबाबु पाण्डे यसपटक फेरि ५१ मतले एमालेका शिव जोशीसँग पराजित भए । वडा नम्बर १ मा ३८ मतले विजयी बनेको थियो कांग्रेस । यसपटक भने वडा सभापतिसमेत रही गिट्टी,बालुवाको ठेक्कापट्टा गर्ने गौबहादुर गुरुङ दुई मतले एमालेका दुर्गाबहादुर बुढाथोकीसँग पराजित भए ।

वडा नं -९ मा भने गत निर्वाचनमा ७ मतले जितेका एमालेका शरद बराल कांग्रेसका खुशी गुरुङसंग झण्डै डेढ सयको मतान्तरले एक्लै पराजित भएका छन् । लमजुङमा भएभरका पार्टी मिलेर सदरमुकाम बेसीशहरबाट एमालेका उम्मेदवारलाई खेद्ने योजना भने फ्लप हुने पक्का छ ।

गत निर्वाचनमा २ सय ९७ मतले मात्रै मेयर जितेका गुमानसिंह अर्याल यसपटक २ हजारको मतान्तरले जीत निकाल्न सफल हुने पूर्वानुमान गर्न सकिन्छ भने उपमेयरमा एमालेकै पद्मा गुरुङले माओवादी केन्द्रका हरिजंग तामाङलाई झण्डै ४ हजारको हाराहारीमा पछाडि पारेको खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार