एमाले अध्यक्ष ओलीको गृहनगरमा राप्रपाको फराकिलो अग्रता

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले फराकिलो अग्रता लिएको छ । गठबन्धनले ६४२ मतका साथ अग्रता लिएको हो ।

सत्तारुढ गठबन्धनसँगको तालमेलमा मेयरका उम्मेदवार बनेका राप्रपाका रामकुमार थापाले पछिल्लो मतपरिणाम अनुसार ५८६० मत प्राप्त गरेका छन् ।

निवर्तमान उपमेयरसमेत रहेका गीता अधिकारी नेकपा एमालेबाट दमक नगरमा मेयरका उम्मेदवार हुन् । गीताले अहिलेसम्म ५२१८ मत प्राप्त गरेका छन् ।

उपमेयर पदमा समेत गठबन्धनले नै अग्रता लिएको छ । नेपाली कांग्रेसका रेगीना भट्टराई गठबन्धनबाट उपमेयरका साझा उम्मेदवार हुन् । भट्टराईले फराकिलो अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवार भट्टराईले ५६६८ मत पाएका छन् भने एमालेबाट उपमेयरका उम्मेदवार अम्बिकाप्रसाद खनालले ५०७७ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार