६२ औं जन्मदिन मनाइरहँदा रुसी क्षेप्यास्त्र भ्लादमिरको घरमा खसेपछि…

काठमाडौं। रुसले युक्रेनमा आक्रमण थालेको आज ८२ दिन पुरा भएको छ। यद्यपी युद्ध रोकिने कुनै संकेत देखिएको छैन।

रुसले राखेको सर्तहरु युक्रेनले नमान्दा त्यहाँ रुसले दैनिक आक्रमण गरिरहेको हो। युक्रेनले पनि विदेशी हतियारको सहयोगमा रुसका कडा प्रतिकार गरिरहेको छ।

रुसले युक्रेन नेटोमा आवद्ध हुन नहुने माग राखेकोमा त्यो युक्रेनले मान्ने बताएको छ। यद्यपी क्राइमियालाई रुसी क्षेत्र मान्नुपर्ने र लुहान्स्क तथा डोनेट्स्कलाई स्वतन्त्र राज्य घोषणा गरिनुपर्ने मागमा युक्रेन सहमत छैन।

युक्रेनका अनुसार रुसी सर्तहरु देशको हितमा छैनन्।

युद्ध जारी रहँदा दुवै पक्षमा हजारौं सेना मारिएका छन्। यसबीचमा भ्लादमिर तेरेह नाम गरेका व्यक्तिको घरमै रुसले प्रहार गरेको क्षेप्यास्त्र खसेको थियो।

संयोग सो क्षेप्यास्त्र पड्केन र उनी र उनका साथी बाँच्न सफल भए। रुसले आक्रमण थालेको दोस्रो महिना मार्च २७ का दिन भ्लादमिर आफ्ना पुराना विद्यालयदेखिका साथी भ्लेन्तिन उसानोभसँग जन्मदिन मनाइरहेका थिए।

भ्लादमिरको जन्मदिनमा उनीहरुले रमाइलो गर्ने सोचेका थिए। चिया पिइरहेका उनीहरुले अन्य खानपिन गर्ने पनि सोचिरहेका थिए।

तर खार्किभ क्षेत्रमा रुसले आक्रमण जारी राखेको थियो। खार्किभ नजिकैको क्षेत्रमा मलाया रोगन भन्ने गाउँमा उनीहरु बसिरहेका थिए।

चियाँ पिउँदापिउँदै घरलाई छेड्दै एक क्षेप्यास्त्र भ्लादमिरको घरमा घुसेको थियो। हाल सामाजिक संजालमा सो घटनाको भिडिओ र फोटोहरु सार्वजनिक भएका छन्।

यदी सो क्षेप्यास्त्र पड्किएको भए उनीहरु जिवित हुने थिएनन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार