मोदीले भनेका थिएः सिद्धार्थ नेपालमा जन्मेका थिए, बुद्ध होइन, यतिबेला उनी लुम्बिनीमा छन्

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ६ घण्टाको लागि आज नेपाल भ्रमणमा आएका छन्।

उनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता पनि गरेका छन्। शान्तिको प्रतिक गौतम वुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा आएका मोदीले लुम्बिनीमै देउवासँग भेटवार्ता गरेका हुन्।

भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो।

भेटवार्तामा गत अप्रिल १ देखि ३ सम्म प्रधानमन्त्री देउवाले गरेको भारत भ्रमणका उपलब्धिको स्मरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

आज नै परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय प्रधानमन्त्री मोदीसँग लुम्बिनीमा शिष्टाचार भेटवार्ता गरेका छन्।

मोदी भारतीय वायु सेनाको हेलिकप्टरमा आज विहान लुम्बिनी आएका हुन्। लुम्बिनीमा उनलाई प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए। उनी बेलुकी ५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ।

यस क्रममा मोदीले भगवान गौतम बुद्धले विश्वलाई शान्त र समृद्ध बनाउने विश्वास व्यक्त गरेका छन्।


लुम्बिनीमा आज मायादेवी मन्दिरमा प्रार्थना गरेपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन्।

‘बुद्ध पूर्णिमाको अवसरमा मायादेवी मन्दिरमा प्रार्थना गर्न पाउँदा धन्य महसुस गरेको छु,’ भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘भगवान बुद्धले हामी सबैको कल्याण गरुन् र हाम्रो जगतलाई शान्त र समृद्ध तुल्याउन्।’

मोदीको विवादस्पद टिप्पणी
मोदीले नेपाल भ्रमण अझ भनौं भगवान गौतम बुद्धको जन्मस्थल लुम्बीनी भ्रमणका क्रममा बुद्धको महानताको वर्णन गर्न छाडेका छैनन्।

यद्यपी सन् २०१५ मा मोदीले भगवान बुद्धभारे विवादस्पद टिप्पणी गरेका थिए। जसकारण नेपालीहरु उनीबाट रुष्ट बनेका थिए।

अमेरिकाको एक कार्यक्रममा उनले भनेका थिए,‘म त्यो देशबाट आएको हुँ जहाँ महात्मा गान्धी र भगवान वुद्धले जन्म लिए। सिद्धार्थ नेपालमा जन्मिएका थिए। तर उहाँ वुद्ध भारतमा पुगेर मात्र भए।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार