काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तहय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हालसम्म ३७ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।
सार्वजनिक परिणामअनुसार नेकपा एमालेले अग्रता कायमै राखेको छ । हालसम्म एमालेले १५, नेपाली कांग्रसले ११, नेकपा माओवादी केन्द्रले ९ र नेकपा एकीकृत समाजवादीले २ पालिका जितेको छ ।
कसले कहाँ जित्यो ? (सूची)
नेकपा एमाले
१. से फोक्सुण्डो गाउँपालिका- डोल्पा
२. चामे गाउँपालिका- मनाङ
३. ङिस्याङ गाउँपालिका- मनाङ
४. घेकर दामोदरकुण्ड गाउँपालिका- मुस्ताङ
५. लोमन्थाङ गाउँपालिका-मुस्ताङ
६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका- मुस्ताङ
७. खुम्बु पासाङल्हामु गाउँपालिका- सोलुखुम्बु
८. साइपाल गाउँपालिका- बझाङ
९. बौदीकाली गाउँपालिका- नवलपुर
१०. थलारा गाउँपालिका- बझाङ
११. थासाङ गाउँपालिका- मुस्ताङ
१२. मालिका गाउँपालिका- म्याग्दी
१३. राइनास गाउँपालिका- स्याङ्जा
१४. महाकाली नगरपालिका- दार्चुला
१५. मेन्छेयाम गाउँपालिका- तेह्रथुम
नेपाली कांग्रेस
१. नार्पाभूमी गाउँपालिका- मनाङ
२. घरपोझोङ गाउँपालिका- मुस्ताङ
३. नासो गाउँपालिका- मनाङ
४. गुल्मी दरबार गाउँपालिका- गुल्मी
५. गन्यापधुरा गाउँपालिका- डडेलधुरा
६. मुसिकोट नगरपालिका- गुल्मी
७. खार्पुनाथ गाउँपालिका- हुम्ला
८. बडिकेदार गाउँपालिका- डोटी
९. तमानखोला गाउँपालिका- बागलुङ
१०. स्वामीकार्तिक गाउँपालिका- बाजुरा
११. लिखुपिके गाउँपालिका- सोलुखुम्बु
माओवादी केन्द्र
१. जगदुल्ला गाउँपालिका-डोल्पा
२. नौमुले गाउँपालिका-दैलेख
३. ताराखोला गाउँपालिका- बागलुङ
४. अपि हिमाल गाउँपालिका- दार्चुला
५. जन्तेढुंगा गाउँपालिका- खोटाङ
६. लिम्चुङ्बुम गाउँपालिका- उदयपुर
७. नौगाड गाउँपालिका- दार्चुला
८. थवाङ गाउँपालिका- रोल्पा
९. ताँजकोट गाउँपालिका- हुम्ला
नेकपा एकीकृत समाजवादी
१. काइके गाउँपालिका- डोल्पा
२. छार्का साङतोङ गाउँपालिका- डोल्पा