लोटा अथवा गिलास: के मा पानी पिउनु फाइदाजनक ?

हाम्रो शरीरका लागि पानी पिउनु भोजन गर्नु भन्दा पनि बढी महत्वपूर्ण हुन्छ, किनभने ९९ प्रतिशत रोग पानीकै कारणले हुने गर्दछ ।

कस्तो पानी पिउनु पर्छ र कति मात्रामा पानी पिउनु पर्छ भन्ने कुरा आयुर्वेद र धर्मको किताबमा लेखिएको छ ।

पानी पिउनका लागि चाँदी, तामा, काँस तथा पीतलको गिलासलाई उत्तम मानिएको छ । फलाम, प्लास्टिक तथा स्टीलको भाँडाको पानी प्रयोग गर्नु हुँदैन ।

पानी लोटामा पिउनु पर्छ कि गिलासमा भन्ने बारेमा पनि मानिसहरुको आ–आफ्नै धारणा रहेको पाइन्छ ? कस्तो भाँडो पानी पिउनु उपयुक्त हुन्छ त ? जानौं:

भनिन्छ, प्राचीन यूगमा गिलासको आविष्कार नै भएको थिएन । त्यो यूगमा तामा अथवा पीतलको लोटाको उपयोग गरिन्थ्यो । गिलासको प्रचलन भने पोर्चुगलबाट भएको हो । पोर्चुगलबाट भारतहुँदै नेपालसम्म यसको प्रचलन प्रारम्भ भएको मानिन्छ ।

आयुर्वेदमा उल्लेख भए अनुसार लोटामा पानी पिउनु उत्तम हुन्छ, किनभने यो एउटा रेखीय होइन । त्यसैले गिलासमा पानी पिउनु राम्रो होइन । त्यसैले गिलासबाट पानी पिउन छाड्नु पर्छ । भनिन्छ, पानीको आफ्नो कुनै गुण हुँदैन, त्यसैले पानी जुन र जस्तो भाँडामा राखिन्छ, त्यस्तै गुण धारण गर्छ । साथै पानीलाई जुन कुरामा मिसाइन्छ, त्यही अनुसारको गुणजस्तो बन्छ । जस्तो दुधमा दुध जस्तै र दहिमा दहि जस्तै । यसैगरी, पीतलमा पीतल र तामामा तामा जस्तै ।

यसैगरी, पानीमा भाँडाको आकारले पनि फरक पार्छ । लोटा गोलो हुन्छ भने गिलासको आकार लामो, सिलेन्डर जस्तै हुन्छ । लोटा गोलो हुने भएकाले पानीले पनि त्यहि गुण धारण गर्छ ।

कुवा, इनारको आकार पनि लोटाको जस्तै हुन्छ । कुवा गोलो हुन्छ । गोलो बस्तुको पृष्ठ तनाव (सरफेस टेन्सन) कम हुन्छ, किनभने सरफेस एरिया कम हुन्छ, जसका कारण सरफेस टेन्सन पनि कम हुन्छ । सरफेस टेन्सन कम भयो भने हरेक कुराको सरफेस टेन्सन पनि कम हुन्छ । यो स्वास्थ्यको दृष्टिले पनि उत्तम मानिन्छ ।

भनिन्छ, धेरै सरफेस टेन्शन भएको कुरा पिउनाले त्यसले धेरै समस्या दिन्छ । किनभने त्यसमा शरीरलाई तनाव दिने किसिमको अतिरिक्त दवाव सिर्जना हुन्छ ।

साधु–सन्तसंग जुन कमण्डलु हुन्छ, त्यो पनि लोटा अथवा कुवाको आकारजस्तै हुन्छ । सरफेस टेन्शन कम हुनाले पानीको एउटा गुण लामो समयसम्म जीवित रहन्छ । पानीको एउटा गुण भनेका आन्द्रालाई सफा राख्नु पनि हो । सानो र ठुला आन्द्रा मध्येमा एउटा मेम्ब्रेनमा फोहोर जमेको हुन्छ । पेटलाई सफा गर्नका लागि यसलाई बाहिर निकाल्नु पर्छ र यो त्यति बेला सम्भव हुन्छ, जब कम सरफेस टेन्सन भएको पानी पिइन्छ ।

यदि तपाईंले आफ्नो अनुहारमा दुध लगाउनु भयो र त्यसलाई ५ मिनेटपछि कपासले पुछ्नु भयो भने कपास कालो हुन्छ । यसको अर्थ दुधले अनुहारको फोहोर निकाल्यो भन्ने हुन्छ । किनभने दुधको सरफेस टेन्सन कम हुन्छ । दुधले छालाको सरफेस टेन्सन कम गर्यो र छाला थोरै खुल्यो भन्ने हो । यहि क्रिया लोटामा पानीले पेटमा गर्छ । लोटाको पानीले आन्द्रालाई त्यस्तै प्रकारले सफा गर्छ ।

यदि तपाईंले हरेक दिन तामाको घडामा राखिएको पानी तामाकै गिलासमा राखेर पिउनु भयो भने तपाईंको पेट एकदम सफा हुन्छ र शरीरमा मजबुती समेत आउँछ । तपाईंलाई भविष्यमा कहिले पनि आन्द्राको सुजन, बवासीर, भगन्दर जस्ता समस्याले सताउने छैन ।

त्यसैले लोटाबाटै पानी पिउनु पर्छ भनिएको हो । स्वस्थ रहनका लागि गिलासबाट पानी पिउन बन्द गर्नु पर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार