भुईंकटहर चिन्ह लिएका जगन्नाथको प्रचण्डलाई चेतावनी

भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका पाका नेता तथा पूर्व सांसद जगन्नाथ पौडेललले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफू र आफ्ना समर्थकलाई नधम्क्याउन चेतावनी दिएका छन् । उनले भरतपुरमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘रेणु दाहाललाई चुनाव जिताउनको लागि आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दास हुन नचाहेको हो,’ भन्दै उनले अगाडि भने, ‘रेणुलाई चुनाव नजिताए देश संकटमा पर्छ भनेर नधम्क्याउन प्रचण्डलाई चेतावनी दिन चाहन्छु ।’

सुवेदीले कोण सभाहरुमा आफूलार्ई उम्मेदवारी फिर्ता लिन राज्यपक्षबाट विभिन्न प्रलोभन देखाइएको बताउँदै आएका छन् । तर, प्रलोभनले काम नगरेपछि अहिले उनीहरुले धम्कीको भाषा प्रयोग गर्न थालेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार