निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख दिने निर्णय

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको सुरक्षामा खटिने क्रममा सुरक्षाकर्मीको मृत्यु भए आश्रित परिवारलाई २० लाख दिने निर्णय गरिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्ताे निर्णय गरेको हो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार सो सुविधा म्यादी प्रहरीका परिवारलाई पनि दिने निर्णय भएकाे हो ।

त्यस्तै हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह रासन भत्ता दिने निर्णय गरिएको छ ।

निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी घाइते भएमा उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार