पार्टीको बैठकबाट घर फर्केका गाउँपालिका अध्यक्षको निधन

काठमाडौं । धनुषाको जनकन्दिनी गाउँपालिका अध्यक्ष अब्दुल वारिक शेषको निधन भएको छ । शनिबार दिउँसो नेपाली कांग्रेसको बैठकमा सहभागी भएका ७० बर्षीया अब्दुलको साँझपख निधन भएको हो ।

फोक्सोमा क्यान्सर भएर चार वर्षदेखि उपचार गराइरहेका उनलाई दुई महिनादेखि पित्तथैलीमा पत्थरी समेत भएको बताइएको छ ।

उनको शनिबार साँझ आफ्नै घरमा निधन भएको गाउँपालिकाका निवर्तमान उपाध्यक्ष भारती कार्कीले जानकारी दिइन् ।

भारतीका अनुसार अब्दुलले गाउँपालिका अध्यक्षबाट राजीनामा दिएका थिएनन्। उनी वैशाख ३० मा हुने स्थानीय चुनावका लागि उम्मेदवार पनि उठेका थिएनन् । उनी ०७४ मा कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार