आलिया र करिनाको तुलना गरेपछि….

बलिउड अभिनेत्री आलिया भट्टले छोटो समयमा नै भारतमा आफ्नो पहिचान बनाएकी छिन् । फिल्म स्टुडेन्ट अफ द इयरबाट डेब्यु गरेकी आलियाको तुलना करिना कपुरसँग पनि बेलाबेलामा भइरहन्छ ।

तर, एकपटक यी दुईको तुलना हुँदा आलिया निकै रिसाएकी थिइन् ।

त्यति बेला आलियाले करिनाको अभिनय नक्कल गरेको बताइएको थियो । आलियाको फिल्म हाइवे आएपछि एक निर्देशकले आलिया करिना कपुर जस्तै भएको बताएका थिए । त्यति बेला आलियाले यसको विरोध गरेकी थिइन् । आलियाले आफू करिनाको फ्यान भए पनि उनको अभिनय कपी नगरेको बताउँदै आएकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार