श्रीलंकाका प्रधानमन्त्री राजीनामा दिने मुडमा

श्रीलंकाका प्रधानमन्त्री महेन्दा राजापाक्षे राजीनामा दिने भएका छन् । मुलुकमा आर्थिक तथा राजनीतिक संकट गहिरिँदै गएपछि उनले राजनीतिक निकासको निम्ति पदबाट राजीनामा दिन लागेका हुन् ।

राजनीतिक तथा आर्थिक संकटको मुख्य कारक राजापाक्ष नेतृत्वको सरकार भएको भन्दै आन्दोलन चर्किएको छ । आन्दोलनकारीहरूले प्रधानमन्त्रीलाई बर्खास्त गर्न राष्ट्रपतिमाथि चर्को दबाब दिएका छन् ।

पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल गर्न कोलम्बोस्थित राष्ट्रपति निवासमा राष्ट्रपति र प्रधानमन्त्री छलफलमा जुटेका हुन् । यसअघि प्रधानमन्त्री बाहेक सबै मन्त्रीले राजीनामा दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार