आईपीएल : पञ्जाबलाई हराउँदै राजस्थान विजयी

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले जित निकालेको छ । शनिबार अपराह्न वानखेडे स्टेडियममा पन्जाब किंग्सलाई ६ विकेटले पराजित गर्दै राजस्थान विजयी भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८९ रनको योगफल तयार पार्‍यो । १९० रनको विजयी लक्ष्य राजस्थानले १९.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

यो जितसँगै ११ खेलमा १४ अंक जोडेका राजस्थान तेस्रो स्थानमा रहँदा पराजित पञ्जाब समान खेलबाट १० अंकका साथ सातौं स्थानमा छ ।

अहिले कोलकाता र लखनऊबीच खेल भइरहेको छ । महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा टस हारेर लखनऊ ब्याटिङमा उत्रिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार