आगामी असार १७ गते नै गठबन्धनको आयु अन्त्य हुने ओलीको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी असार १७ गते नै पाँचदलीय सत्ता गठबन्धनको आयु अन्त्य हुने दाबी गरेका छन् ।

एमाले विराटनगर महानगर कमिटीले शनिबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

गठबन्धन दलहरूलाई लक्षित गर्दै उनले एमालेसँग एक्लै लड्ने हिम्मत नभएका दलहरूले देश बनाउन नसक्ने पनि बताएका थिए । ‘एमाले एक्लै लड्छ र गठबन्धनका पाँचै भाइलाई वैशाख ३० गतेपछि एउटै बट्टामा प्याक गर्छ,’ नेता ओलीले भने ।

यद्यपि उनले असार १७ गतेको सन्दर्भबारे विस्तृतमा खुलाएनन् । ‘प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाजी ज्योतिषीमा धेरै विश्वास गर्नुहुन्छ । त्यसैले जेठ र असारको महिना कस्तो छ, बोलाएर सोध्नु होस्,’ उनले भने, ‘असार १७ गते कस्ता नक्षत्र र ग्रहहरु छन्, ज्योतिषीलाई बोलाएर हेर्नु होस् भनेको छु, बिचराहरुको सातो गएको छ होला ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार