भोट माग्न हिँडेका सल्यानका किशोर गाडिको छतबाट खसेर बिते

चुनावी प्रचारमा हिँडेका सल्यानका एक किशोरको गाडीबाट लडेर ज्यान गएको छ । कालिमाटी गाउँपालिका-२ दानीचौरका १८ वर्षीय खुमराज थापा मगरको शनिबार दिउँसो गाडीको छतबाट खसेर मृत्यु भएको हो ।

नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षको उम्मेदवार रहेका भुपेन्द्र घर्ति मगरसहितको टोलीको प्रचारमा हिँडेका थापा लु १ ज ४५९९ नम्वरको जीपको छतबाट लडेका थिए । जीपको छतबाट खसेर घाईते भएका थापालाई त्यहि गाडिमा राखेर दाङको तुल्सीपुरस्थित राप्ती प्रदेश अस्पतालमा लगिएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिपको छतबाट खसेर थापाको टाउकोमा गम्भिर चोट लागेको थियो । प्रहरीका अनुसार गाडि चालक दांगको बबई गाउँपालिका २ का २८ बर्षिय खुमबहादुर छन्तेल फरार रहेको र गाडि इलाका प्रहरी कार्यालय दाङको नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार