पछिल्लो समय मोटोपनको शिकार जो कोही पनि हुने गरेका छन् । मोटोपन तथा तौल घटाउन त्यति सहज भएको देखिँदैन । कतिपय मानिस तौल घटिसकेपछि फेरि गल्ती गर्छन् र मोटाउँछन् ।
यहाँ मानिसका ६ बानीबारे चर्चा गरिएको छ, जसले तौललाई सधैँ कम गरिराख्छ ।
१. नियमित शारीरिक अभ्यास गर्नुहोस् । धेरै तौल घटाइएको छ भने पनि सामान्य हिसाबले दैनिक शारीरिक अभ्यास गरिरहनुहोस् ।
२. हप्ताभमा कम्तिमा पनि ४ दिन वर्कआउट अनिवार्य गर्नुहोस् । जसले शरीर र दिमाग दुवै तन्दुरुस्त रहन्छ ।
३. आफ्नो खानपानमा लापरबाही गर्दा पनि तौल तीव्र गतिमा बढ्छ । त्यसकारण खानपानमा सावधान रहने बानी बसाल्नुहोस् ।
४. दैनिक डाइटमा ८० प्रतिशत स्वस्थ र २० प्रतिशत बाहिरको खाना बनाइएमा पनि तौल नियन्त्रणमा रहन्छ । सकिन्छ भने सय प्रतिशत नै स्वस्थ खाना खानुहोस् ।
५. धेरैभन्दा धेरै पानी पिउनुहोस् । जसले शरीरलाई स्वस्थ बनाइराख्छ । पानी कम भएमा शरीरमा सुख्खापन हुन्छ र समस्या सिर्जना हुन थाल्दछ ।
६. सही समयमा निदाउनुहोस् । निन्द्रा पूरा भएन वा निन्द्रा बिग्रियो भने पनि तौल बढ्न सक्छ ।
यी कुरामा ध्यान दिनुस्
वजन कम भएपछि पनि फिटनेस रुटिनलाई ध्यान दिनुस्
जंकफूडबाट टाढै रहनुस् ।
सुगरको मात्रामा ध्यान दिनुस्
ब्रेकफास्ट स्किप नगर्नुस्
शारीरिक अभ्यास निरन्तर गरिरहनुस्
निन्द्रा पूरा गर्ने बानी बसाल्नुस्