सँधै स्वस्थ रहन डाक्टरका नयाँ खालका ७ ‘टिप्स’

भारतको नयाँ दिल्लीस्थित बत्रास अस्पतालका एक डाक्टरले मानव शरिरलाई स्वस्थ राख्न सात वटा गतिला सुझाव दिएका छन् । डाक्टर बजाजले जस्तोसुकै अवस्थामा पनि गर्न सकिने सात थरिका सामान्य योगाभ्यासले मानिसलाई सँधै स्वस्थ र तन्दुरुस्त राख्ने बताएका हुन् ।

उनले सात चरणका व्यायाम समेटिएको भिडियो नै बनाएका छन् । प्रत्येक चरणलाई एक मिनेटको समय छुट्याएर सरल र सहज तरिकाबाट अधिक फाइदा लिन समेत उनले सुझाएका छन् । डा. बजाजका अनुसार दैनिक सात मिनेटमात्र व्यायाम गरे मानिस स्वस्थ र फुर्तिलो हुन्छन् ।

बजाजका योगहरु मानिसका दुई वटा हातसँग सम्बन्धित छन् । बिहान, दिउँसो, बेलुकी, घर वा अफिस, यात्रामा वा आराममा जहिले पनि गर्न सकिने व्यायामको पहिलो चरणमा देब्रे हातको मुठी दाहिने हातमा र दाहिने हातको मुठीले देब्रे हातको हत्केलामा समान ३० सेकेण्ड हिर्काउनुपर्छ ।

दोस्रोमा देब्रे हातले दाहिने हातमा र दाहिने हातले देब्रे हातको हत्केला बाहिरको भागमा समान ३० सेकेण्ड सेकेण्ड हिर्कानुपर्छ ।

तेस्रोमा एक मिनेट तालि बजाउने र चौथोमा एक मिनेट हातका औंला रगड्ने कार्य रहेको छ । पाँचौंमा दुवै हातका कान्छी आंैलातर्फको भाग एक मिनेट घोट्ने र छैठौं चरणमा हातलाई मुखको सामुन्ने समानान्तर बनाएर नाडी भएको स्थानमा एक मिनेट हिर्काउने र सातौं तथा अन्तिम चरणमा नाडीमा दुई औंलाको सहायताले देब्रे र दाहिने दुवैमा समान ३० सेकेण्ड घोट्नुपर्ने छ ।

यसरी डाक्टर बजाजले दिएका सात मिनेटको योगाभ्यासलाई सहज र सरल विधि मानिन्छ । कोरोना महामारीका समयमा बजाजले उक्त अभ्यास विधि बाहिर ल्याएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार