गृह मन्त्रालयले नेपाल प्रहरीमा पनि एक जना डीआईजीलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवाको प्रक्रिया थालेको छ । अस्ति सशस्त्र प्रहरी बल नेपालमा पनि एक जना अतिरिक्त प्रहरी महानिरीक्षकको बढुवाको लागि प्रक्रिया थालिएको हो ।
नेपाल प्रहरीमा डीआईजी वसन्तकुमार लामालाई अतिरिक्त प्रहरी महानिरीक्षक–एआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ । सशस्त्र प्रहरीमा नारायणदत्त पौडेललाई सिफारिस गरिएको छ ।
गृह मन्त्रालयको बढुवा समितिले आज नायब प्रहरी महानिरीक्षक–डीआईजी लामालाई मात्र बढुवा सिफारिस गरेको हो ।
आगामी जेठ ९ गते उमेर हदका कारण अनिवार्य अवकासमा जाने डीआईजी लामालाई एआईजीमा बढुवा गरे उनको अवकास पाउने मिति पछि धकेलिनेछ । प्रहरीमा डीआईजीको ५६ वर्षे उमेर हदका कारण जेठ ९ गते अवकास पाउने लामा एआईजीमा बढुवा भए थप आठ महिना सेवा लम्बिनेछ ।