विप्लव पार्टीका कसु (कञ्चन र सुदर्शन) गुटको कन्तबिजोग भएकै हाे त ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(विप्लव)ले पदमुक्त गरेपछि पार्टी फुटाउन तम्सिएका कञ्चन र सुदर्शनको कन्तबिजोग भएको वप्लव समुहकाे वादी रहेकाे छ ।

आफूहरुसंग बहुमत भएको दावी गरेका कसु (कञ्चन र सुदर्शन ) गुटको भेलामा नगन्य केन्द्रीय सदस्यमात्र उपस्थित भएपछि उनीहरुको कान्तबिजोग भएको स्राेत बताउछ ।

नेपाल कम्युनिस्ट पार्टीको ६९ जनाको केन्द्रीय सदस्यमध्ये कसु (कञ्चन र सुदर्शन) गुटको भेलामा १० जनामात्र सहभागी भएका छन् । ६९ जना केन्द्रीय सदस्यमध्ये कसु (कञ्चन र सुदर्शन) गुटको भेलामा नेकपा विप्लववाट कारबाहीमा परेका सुदर्शन, कन्चन , दीपक चलाउने, गुणराज लोहनीलगायत पूर्ण सिंह, रुपेश, नयन, शरद रसाइली र लालबहादुर बिसीहरू सहभागी भएकाे स्राेत बताउछ ।

पार्टीमा बहुमत भएको कोकोहोलो मच्याउदै कसु (कञ्चन र सुदर्शन) गुटको भेलामा नगन्य केन्द्रीय सदस्यमात्र उपस्थित भएपछि उनीहरु आम जनतामाझ सर्वाङ्ग भएको नेकपाका एक नेताले बताए ।

उनले कसु (कञ्चन र सुदर्शन) गुटले नेपालको क्रान्तिमा गद्दारी गरेको ठोकुवा गर्दै उचित समयमा नेपाली जनताले त्यसको हिसाब किताब खोज्ने दावी गरे ।
– साँघु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार