लमहीबाट हतियारसहित दुई जना पक्राउ

दाङको लमहीबाट अवैध हतियारसहित दुई प्रहरीले जनालाई पक्राउ गरेको छ । बागलुङ घुइँयाखोला घर भएका २० वर्षीय सोमु विक र रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर २ का ४० वर्षीय रुक्मान सुनार (कमल) लाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले बिहीबार बेलुकी पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।

प्रहरीका अनुसार विकको साथबाट पेस्तोल आकारमा निर्माण गरिएको हतियार बरामद भएको छ । उक्त हतियार उनले भारतबाट ल्याएको खुलेको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार उनका फुपाजु रूक्मान सुनार लमहीमा ग्यारेज चलाउँछन् । विक कहिले अभिभावकसँग भारत त कहिले फुपाजुसँग लमहीमा बस्ने गरेका छन् । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार