मलाइका अरोरा र अर्जुन कपुर चाँडै विवाह गर्दै छन्?

बलिउड अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइका अरोरा उद्योगका चर्चित स्टार जोडीमध्ये एक हुन्। दुवै लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका छन्।

यस्तो अवस्थामा उनीहरुका फ्यानहरु लामो समयदेखि दुईको विवाहको प्रतीक्षामा छन्। यी दुई प्रायः एकअर्कासँग भेटिन्छन्। सामाजिक सञ्जालमा पनि यो जोडी देखिन्छन्।

यसैबीच हालै अभिनेत्री अरोराले अर्जुन कपुरसँगको विवाहको बारेमा आफ्नो मौनता तोडेकी छन्।

अभिनेत्रीले हालै एक अन्तर्वार्तामा भनिन्, ‘हामी दुवै आफ्नो सम्बन्धलाई भविष्यका रूपमा हेर्छौं।’

यस क्रममा मलाइकाले आफू अर्जुन कपुरलाई आफ्ना लागि सबैभन्दा राम्रो व्यक्ति ठान्ने र उनीहरु प्रायः आफ्नो सम्बन्धलाई एउटै नाम दिन चाहने बताइन्।

एक कुराकानीमा अभिनेत्री अरोराले भनिन्, ‘यदि हामीलाई थाहा छ कि हामी एकअर्कासँग खुसी छौं र भविष्यमा पनि खुशी रहनेछौं भने तपाईंले सबै कुरा बुझिरहनुभएको छ।’

अन्तर्वार्तामा अभिनेत्रीले थप भनिन्, ‘मलाई लाग्छ हाम्रो सम्बन्ध यस्तो ठाउँमा छ जहाँ हामीले यसलाई अगाडि बढाउन सक्छौँ । हामी धेरै कुरामा छलफल गरिरहेका छौं। हामी एउटै तहमा छौं । एक अर्काको सोच विचारका साथ। हामी वास्तवमै एकअर्कालाई मन पराउँछौं र धेरै चिज फरक पनि छन्।’

मलाइका अरोराले भनिन्, ‘हामी यस विषयमा हाँस्छौं र ठट्टा गर्छौं, तर हामी यसमा धेरै गम्भीर पनि छौं। म उसलाई सधैं भन्छु– म तिमीसँगै बूढी हुन चाहन्छु। हामी बाँकी पत्ता लगाउनेछौं, तर मलाई थाहा छ– उनी मेरा एकदम ठिक छन्।’
अभिनेत्रीको यो कुरापछि मलाइका र अर्जुनले छिट्टै विवाह गर्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार