बलिउड अभिनेता कार्तिक आर्यन यतिबेला हलमा आउन लागेको चलचित्र ‘भूल भुलैया २’को प्रचारमा व्यस्त छन् ।
उनलाई चलचित्रमा र चलचित्रको प्रचारमा कियारा आडवाणीले साथ दिएकी छन् ।
यसैबीच अभिनेता कार्तिकले करण जौहरको धर्मा प्रोडक्शनसँगको सम्बन्धबारे खुलाएका छन् ।
आर्यन र जान्हवी कपूरले चलचित्र ‘दोस्ताना २’मा काम गर्ने बताइएको थियो । तर पछि आर्यन यस चलचित्रबाट बाहिरिए ।
यसबीचमा करण जौहरले उनलाई दोस्ताना २ बाट निकालेको हल्ला पनि फैलिएको छ ।
‘अनप्रोफेशनल’ व्यवहार देखाएका कारण करण कार्तिकसँग खुशी नभएको गत वर्ष नै हल्ला चलेको थियो ।
एक अन्तर्वार्ताका क्रममा कार्तिकले आफू आफ्नो काममा मात्रै फोकस भएको भन्दै आफ्नो आउन लागेको फिल्मले पनि यसलाई पुष्टि गर्ने उनले बताए ।