भूतैभूतको विचित्रको रेस्टुरेन्ट

मुटुको समस्या हुने मानिसहरु चाहिं यो रेस्टुरेन्टमा प्रवेश नगर्दा हुन्छ । भूतको थिममा आधारित यस रेस्टुरेन्टमा कुक, वेटरदेखि सबै कर्मचारी भूतको भेष र पहिरनमा उपस्थित हुने गर्दछन् । यस रेस्टुरेन्टमा भूतको भेषमा रहेका कर्मचारीले चक्कु घाँटीमा तेस्र्याएर स्वागत गर्दछन् । स्पेनमा रहेको यो भूत थिममा आधारित रेस्टुरेन्टको नाम ला मासिया एन्कान्टाडा हो ।

यो विश्वकै चर्चितमध्येको एक विचित्रको रेस्टरेन्ट हो । यस रेस्टुरेन्टमा बस्नका लागि ६० वटा सिट रहेको छ । खाना खाने समयमा होटलमा भूतको शो पनि चलाउने गरिन्छ । यतिमात्र नभई वेटरहरु पनि त्यही भूत अनुरुपकै नक्कल गर्दछन् । यस होटलमा क्यामेरा, मोबाइललगायतका सामाग्रीहरु पूर्णरुपमा प्रतिबन्ध छ । साथै यहाँ खाना खाने समय वरिपरि नक्कली लास पनि राखिदिने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार