बस चढेर भोट हाल्न जानेलाई सुनको असर्फी !

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदानका लागि घर जाने यात्रुलाई लक्षित गर्दै बस सेवाले अनलाइनबाट टिकट काट्न मिल्ने विशेष अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत बस सेवा डटकममार्फत् अनलाइन टिकट बुकिङ गर्ने यात्रुले सुनको असर्फी जित्न सक्नेछन् ।

वैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म बस सेवामार्फत अनलाइन बस टिकट बुकिङ गर्ने यात्रुमध्ये तीन जनालाई गोलाप्रथाद्वारा सुनको असर्फी प्रदान गरिनेछ ।

यस्तै सोही अवधिमा टिकट काट्नेमध्ये २० जनाले क्यूएफएक्स्को टिकट प्राप्त गर्नेछन् भने २७ जना यात्रुले अल्टिमेट वाटर एडभेञ्चर्स कम्पनीको तर्फबाट नारायणी नदीमा मोटरबोट चढ्ने टिकट प्राप्त गर्नेछन् । विजेताहरुको घोषणा निर्वाचन सकिएपछि गोलाप्रथाबाट गरिने छ ।

स्थानीय तहको निर्वाचनमा उत्साहजनक सहभागिता होओस् र मतदान गर्न जाने यात्रुलाई सहज रूपमा बस टिकट उपलब्ध गराउने उद्देश्यले यस्तो अफर ल्याइएको बससेवा डट कमले जनाएको छ ।

पछिल्ला दिनमा गाउँ फर्कने यात्रुको संख्या बढ्न थालेकोले टिकट नपाउने अवस्था सिर्जना नहोस् भन्दै बस सेवाले समयमै आफ्नो बस टिकट बुकिङ गर्न समेत सबै यात्रुलाई अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार