काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका विदोही उम्मेदवारलाई कांग्रेसले पार्टीबाटै निष्कासित गरेको छ ।
विद्रोही (बागी) उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टीबाट निष्कासित गरेको हो ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै उमेदवारीप्रति पुर्नविचार गरी सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निष्क्रिय गर्न सूचना दिदाँ पनि अटेरी गरेकाले उनीहरूलाई कारबाही गरिएको जानकारी दिए ।
पार्टीको विधानअनुसार उनीहरू स्वतः निष्कासन भएको कांग्रेसले जनाएको छ ।
विद्रोही बनेका तथा त्यस्ता विद्रोही उमेदवारका प्रस्तावक र समर्थक बेनेकाहरूको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासन भएका छन्,’ पार्टीका मुख्यसचिव पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।