कमल थापाको पार्टीबाट कोषाध्यक्षले दिए राजीनामा

काठमाठौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले साथ छोडेका छन्।

गुरुङले पार्टीको साधारण सदस्य समेत नरहने गरी कोषाध्यक्ष पदबाट बिहीबार राजीनामा दिएका छन्।

अध्यक्ष थापालाई सम्बोधन गरेको राजीनामा पत्र गुरुङले बिहीबार केन्द्रीय कार्यालय विशालनगरमा दर्ता गराएका छन्।

पाँच दिनअघि राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेल, केन्द्रीय सदस्यहरु उर्मिला अधिकारी र श्रीधर सुवेदीले पनि थापाको साथ छाडेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार