विप्लव कारवाहीमा परेपछि प्रकाण्डले दुई जनालाई पार्टीबाट निकाले

स्थानीय चुनावमा सहभागिताको विषयलाई लिएर विवादमा फसेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा कारवाही र निष्कासनको शिलशिला उत्कर्षमा पुगेको छ । चुनावको पक्षधर (विप्लव-प्रकाण्ड) र विरोधी (धर्मेन्द्र-हेमन्तप्रकाश) खेमाबीचको लडाई चर्किंदै जाँदा एकले अर्कालाई कारवाही गर्ने होडबाजी नै चलेको हो ।

चुनाव उपयोगको नीतिमा असहमत रहेका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला कन्चन र हेमन्तप्रकाश वली सुदर्शनले हिजो चितवनमा अलगै भेला राखेर विप्लवलाई महासचिवबाट हटाएको घोषणा गरे । भेलाले बाँस्तोलालाई संयोजक तोकेर पार्टी पुनार्गठनको तयारी गरेको छ ।

चितवन भेलाले विप्लवलाई कारवाहीमा गरेलगत्तै त्यसको काउन्टरमा प्रवक्ता खडगबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्यद्वय दीपक चलाउने र गुणराज लोहनीलाई पार्टीबाट हटाएको सूचना निकालेका छन् । उनीहरुमाथि पार्टी अनुशासन तोडेर गुटबन्दी गरेको आरोप लगाइएको छ ।

यसअघि विप्लवले बास्तोला र वलीलाई पनि पार्टीबाट हटाएका थिए । त्यसअघि बाँस्तोलाले पार्टी नीति र निर्णयविपरित स्थानीय चुनावमा पार्टीको तर्फबाट स्वतन्त्र उठेका उम्मेदवारहरुलाई आफ्नो उम्मेद्वारी फिर्ता लिन आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार