हिजो काँग्रेसले, पर्सि एमालेले

नेपाली काँग्रेसले हिजो विराटनगरमा आयोजना गरेको आमसभाको काउण्टरमा पर्सि एमालेले त्यही ठाउँमा आमसभा गर्ने बताएको छ । हिजोको आमसभामा काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालगायतका नेताले सम्बोधन गर्नुभएको थियो ।

पर्सि एमालेको कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने जानकारी दिइएको छ । एमाले अध्यक्षको गृहप्रदेशको एक मात्र महानगरको नेतृत्वमा कसले बाजी मार्ने भन्ने सम्बन्धमा प्रतिष्ठाको विषय भएकाले पनि विराटनगरमा काँग्रेसलगत्तै एमालेले आमसभा गर्न लागेको हो ।

आज नेपाली काँग्रेसले अर्को प्रतिष्ठाको विषय बनेको भरतपुरमा आमसभा गर्दैछ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत काँग्रेस टोली हिजो साँझ विराटनगरबाट नेपाली सेनाको विमानमा भरतपुर विमानस्थल आएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार