चुनावी भाषण गर्न सेनाको विमानमा ३२ जनाको काँग्रेसी टोली

आज विराटनगरमा आयोजना गरिएको नेपाली काँग्रेसको चुनावी भाषणमा सहभागी हुन ३२ जनाको टोली बोकेर नेपाली सेनाको एउटा जहाज काठमाडौंबाट त्यसतर्फ उडेको छ । भरे भाषणा सिध्याएपछि सोही टोलीलाई बोकेर जहाज काठमाडौं फर्कने कार्यक्रम छ ।

नेपाली सेनाको कासा एचएक्सएफएच एनए ०६२ विमानमा चढेका ३२ जनाको नेतृत्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको हो । टोलीमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मालगायत पदाधिकारी तथा नेताहरु छन् ।

उक्त विमान दिउँसो साढे १२ बजे काठमाडौंबाट उडेको हो । आमसभा दिउँसो २ बजेबाट शुरु भएको छ । नेताहरुको सम्बोधन गरेपछि साँझ ७ बजे सोही टोली सेनाको विमान चढेर राजधानी फर्कंदैछ ।आज विराटनगरमा आयोजित कार्यक्रम नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय पचिालन समितिले गरेको निर्णय र तालिकाबमोजिम हुन लागेको हो । सार्वजनिक पद धारण गरेका कुनै पनि पदाधिकारीले निर्वाचनमा सरकारी स्रोतको प्रयोग गरेर सहभागी हुन नपाइने निर्वाचन आचारसंहितामा उल्लेख छ । तर प्रधानमन्त्री स्वयम् काँग्रेसको ठूलै डफ्फा बोकेर सेनाको जहाजमा आजबाट सबै प्रदेशमा आयोजना हुने कार्यक्रममा जानुहुने बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार