म्यादी प्रहरीको पोशाक लगाएर भिडियो बनाउने युवक पक्राउ

काठमाडौं । म्यादी प्रहरीको पोशाक लगाएर भिडियो बनाउने युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् ।

कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनले केहि दिन अघि म्यादी प्रहरीको पोशाक लगाएर भाइरल हुने तरिकाले अमान्य शब्द प्रयोग गरि भिडियो बनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार