ठ्याक्कै उम्मेदवार कति ? मतदानको ९ दिन अघि आयोग भन्छ: मोटामोटी

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सहभागी उम्मेदवारको पछिल्लो सूची सार्वजनिक गरेको छ । हिजो बेलुकीको संख्या उल्लेख गरेर चुनावमा एक लाख ४५ हजार ९२ जनाले प्रतिस्पर्धा गर्दैछन् भनेको छ ।

तर उक्त संख्या हिजो बेलुकी ६ बजेसम्म आयोगको कम्प्युटर प्रणालीमा प्रविष्ट भएका उम्मेदवारको मात्र हो । यसमा सामान्य थपघट हुनसक्ने आयोगले जनाएको छ ।

केही स्थानमा निर्वाचनको संशोधित कार्यक्रम गर्नुपर्ने, केही स्थानमा इन्टरनेटको समस्या रहेको केही स्थानमा विद्युतको समस्याका कारण सूची सार्वजनिक गर्न ढिलाइ भएको आयोगको भनाइ छ ।

झण्डै आठ हजार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । केहीको उम्मेदवारी आयोगले नै खारेज गरिदिएको थियो । कानुनबमोजिम उम्मेदवारी नपरेकाहरुको भने स्वयम् आयोगले नै खारेज गरिदिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार