विद्या म्याडम दलको भेलामा गएपछि …

संवैधानिक पदमा आसिन पदाधिकारीहरू मर्यादा भुलेर राजनीतिक दलको चुनावी कार्यक्रममा झुल्किन थालेपछि प्रष्टिकरण दिन बाध्य भएका छन् । राष्ट्रिय महिला आयोगकी सदस्य विद्याकुमारी सिन्हाविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (एमाले) को चुनावीसभामा भाग लिएको उजुरी निर्वाचन आयोगमा सप्रमाण पुगेपछि यस्तो अवस्था आइलागेको हो ।

आचारसंहिता लागु भएपछि गत शनिवार सर्लाहीको मलगंवामा आयोजित कार्यक्रममा उनी देखिएकी थिइन् । आयोगबाट विदा लिएर घर जान्छु भनी हिँडेकी सदस्य सिन्हा दलको कार्यक्रममा सहभागी भएकी हुन् ।

कार्यक्रममा सहभागी भएको उजुरी प्राप्त भएपछि निर्वाचन आयोगले उनलाई स्पष्टिकरण सोधेको छ । स्रोतका अनुसार सिन्हाले प्रतिउत्तरमा आफ्नो बचाउ गर्दै घरायसी कारणले जिल्ला प्रहरी कार्यालय गएको बेला गाउँका महिलासँग भेटघाट भएको र नजिकै राजनीतिक दलको कार्यक्रम भइरहेको थाहा नपाएको बताएकी छन् ।

उनले एमालेको कार्यक्रममा सहभागी नभएको प्रष्टिकरण दिए तापनि भेलामा गाउँले दिदीबहिनीहरूसँग कुरा गरेको फोटो फेसबुकमा पोष्ट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार