लिखु गाउँपालिका अध्यक्ष पदका उम्मेदवार विष्टविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । एमालेबाट ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्ष उम्मेदवारविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

गाउँपालिका अध्यक्ष उम्मेदवार मनिष भनिने मिलनकुमार विष्टविरुद्ध बैंकिङ तथा किर्ते कसुरमा पक्राउ पुर्जी जारी भएको हो । भक्तपुर जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरी गरेको हो ।

पक्राउ पुर्जी जारी गर्दै अदालतले विष्टलाई खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पत्र पठाएको हो ।

वैशाख १६ गते अदालतले ओखलढुंगा प्रहरीलाई पक्राउ पुर्जी पठाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार