५८ करोडको लुगा लगाउन किमले ७ केजी वजन घटाइन्, उक्त लुगा ६० वर्ष पुरानो

काठमाडौं। अमेरिकाकी चर्चित मोडल, अर्बपति व्यापारी तथा टेलिभिजन स्टार किम कार्डासियन फेसनको दुनियाँमा चर्चित नाम हो।

सोही कारण फेसनको सबैभन्दा ठूलो कार्यक्रम मेट गालामा उनी हरेक वर्ष आकर्षक पहिरनको साथमा प्रस्तुत हुन्छिन्।

यसवर्षको मेट गाला २०२२ को कार्यक्रममा पनि उनले सबैको ध्यान आफूतर्फ खिच्न सफल भएकी छिन्।

किमले ६० वर्ष पुरानो एउटा लुगा लगाउनको लागि तीन हप्तामा ७ केजीसम्म तौल कम गरिन्। लुगा लगाउनकै लागि तौल कम गर्नु एउटा रोचक कुरा भयो।

अर्को भनेको सो लुगा सन् १९६२ मा अमेरिकाकी चर्चित अभिनेत्री मेरिलिन मोनरोले पहिरिएको पहिरन हो। मोनरोले त्यसबेला तत्कालिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीलाई जन्मदिनको शुभकामना दिन सो पहिरन लगाएकी थिइन्।

पछि मोनरोले लगाएको सो पोशाक अक्सनमा राखिएको थियो। अहिलेसम्म आइपुग्दा सो पोशाकको मूल्य ५८ करोड रुपैयाँ पुगेको छ। त्यसबेला मोनरोले सो पोशाक १४ सय ४० अमेरिकी डलरमा खरिद गरेकी थिइन्।

सो पोशाकमा आफ्नो शरीरलाई फिट गर्न किम कार्डासियनले निकै मिहिनेत गर्नुपरेको थियो।

उनले यसरी शारीरिक व्यायाम र खानपिनमा तालमेल मिलाइन् कि उनी तीन हप्ताभित्रै ७ केजी घटिन्।

उनी आफ्नो तौल घटेको विषयमा भन्छिन्, ‘म दिनमा दुईपटक सोना सुट लगाउँथे, ट्रेडमिलमा दौडन्थेँ। चिनी र कार्ब्सबाट टाढै बसेँ र तरकारी र प्रोटिन मात्रै खान्थेँ। म भोको बसिनँ तर म आफ्नो खानामा अत्यधिक कडा थिएँ।’

६० वर्ष अगाडिको पोशाकमा किम निकै राम्री देखिएकी छिन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार