सुनको मूल्य घट्याे

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार रुपैंयाले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार २ सय रुपैंयामा कारोबार भएको छापावाला सुन आज तोलामा १ हजार रुपैंयाले घटेर ९७ हजार २ सय कायम गरिएको छ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९६ हजार ७ सय रुपैंया तोकिएको छ।

त्यसैगरि, मंगलबार चाँदीको मूल्य भने स्थिर छ। सोमबार प्रतितोला १२ सय ९० रुपैंयामा कारोबार भएको चाँदी आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार