विश्व प्रेस स्वतन्त्रता दिवस मनाईंदै

आज मे ३ तारिख अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । विश्वभरी प्रेस स्वतन्त्रताको संरक्षण र संवद्र्धनमा जोड दिँदै यो दिवस मनाईंदैछ ।

आज विश्वका अधिकांश सञ्चार माध्यमहरुले विशेषगरी प्रेस स्वतन्त्रता, त्यसका मापदण्ड र महत्वको बारेमा छलफल गर्छन् । समाचार संकलन, प्रकाशन र प्रशारणका क्रममा जोखिममा परेका र ज्यान गुमाएका सञ्चारकर्मीहरुको योगदानको सम्झना गरिन्छ । उनीहरुलाई सम्मानको निम्ति विभिन्न खालका कार्यक्रम पनि गर्ने गरिएको छ ।

प्रेस स्वतन्त्रता सञ्चारमाध्यमको मात्र विषय होइन । यो समग्र समाज र लोकतान्त्रिक प्रणालीको पर्यायवाची समेत बन्दै गइरहेको छ । यसका निम्ति आवश्यक नीतिगत, कानुनी र संरचनागत विकासको निम्ति प्रायः सबै मुलुकका सरकारलाई घच्घचाइएको पाइन्छ ।

सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारण सभाबाट अनुमोदन भएपछि आजको दिन संसारका सबै मुलुकमा प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

उता केन्याको राजधानी नैरोबीमा विश्व प्रेस काउन्सिलले विशेष कार्यक्रमको आयोजना गरेको छ । केन्याको मिडिया काउन्सिलको संयोजनमा साताव्यापी कार्यक्रम गरेर विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन लागिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार