लू लागेको कसरी थाहा पाउने ?

गर्मीयाम बढेसंगै तापक्रम पनि उच्च भएको छ । यस्तो स्थितिमा तराईमा लू लाग्ने समस्या बढ्छ । लू लागेपछि मानिसहरुमा विभिन्न लक्षणहरु देखिन थाल्छ । धेरैलाई त लूको लक्षणहरुका बारेमा जानकारी हुन्छ । तर त्यस्ता धेरै मानिसहरु पनि छन्, जसलाई लू लागेको थाहा नै हुँदैन । लू लाग्दा कस्ता लक्षण देखिन्छन् त ?

अचानक शरीरमा तापक्रम बढ्नु ।
टाउको तिव्र गतिमा दुख्नु ।
लू लाग्नाले दिमाग, किड्नी र मुटुको कार्य क्षमतामा नराम्रो प्रभाव पर्नु ।
नाडी र सासको गति तिव्र हुनु ।
छाला रातो दाना हुनु ।
बारम्बार पिसाव आइरनु ।
ज्वारो आउनु ।
छटपट हुनु, रिँगटा लाग्नु, वाक वाक लाग्नु ।
धेरै पसीना आउनु र वेहोश हुनु आदि ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार