चुनावको बेला दुई एआइजी बिदामा बसे

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त भएपछि दुई सिनियर एआइजी बिदामा बसेका छन् । आइजिपीमा नियुक्तिमा असन्तुष्टि जनाउँदै विश्वराज पोखरेल र सहकुलबहादुर थापा बिदामा बसेका हुन् ।

पोखरेल र थापा सिनियर एआइजी हुन् । गत महिनामात्र बढुवा भएका धिरजलाई आइजिपी बनाएको भन्दै उनीहरुले अदालत जानेसम्मको चेतावनी दिएका छन् । चुनावको मुखमा यसरी प्रहरी नेतृत्वमा विवाद हुँदा चुनावको सुरक्षा प्रभावित हुनसक्ने चिन्ता व्यक्त गरिएको छ । तर, आइजिपी नियुक्त गरिएका सिंह पनि एउटै ब्याचको काबिल अफिसर भएको प्रहरी अधिकारीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार