पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध मुद्दा दर्ता

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनको पार्टी पिटिआईका मुख्य नेता र अन्य सय जनामाथि मुद्दा दर्ता भएको छ ।

प्रधानमन्त्री शहबाज शरिफ र उनका प्रतिनिधिमण्डलविरुद्ध नाराबाजीको मामिलामा पाकिस्तानको प्रहरीले फैसलाबाद प्रहरीले देशका खान र अन्य सय जना विरुद्ध मुद्दा दर्ता गरेको हो ।

एक स्थानीय निवासी नईम भट्टी नामका व्यक्तिको उजुरीमा प्राथमिकी दर्ता गरिएको बताइएको छ ।

इमरान खान, फवाद चौधरी, शेख राशिद, शाहबाज गुल, शेख राशिद शफिक, साहिबजादा जहांगीर चिको, अनिल मुसरत, नबिल नुसरत, उमर इलियास, राणा अब्दुल सत्तार।

ब्यारिस्टर अमिर इलियास, गौहर जिलानी, कासिम सूरी र करिब सय जनाले मदिनाको मस्जिद–ए–नवाबीको पवित्रता र कुरानमा भनिएका कुराको उल्लंघन गरेको आरोप लगाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार