केशव स्थापितको घोषणा : पानी बाहेकको उपहार नलिने

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बनेका केशव स्थापितले आफु विजयी भए महानगरमालाई रुपान्तरण गरेर नयाँ महानगरपालिका बनाउने सयौं योजना रहेको बताएका छन् ।

आइतबार मे दिवसका अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा उनले शिक्षा, स्वास्थ्य, रोजगारी र विकासका सयौ योजना भएको भन्दै ती योजना कार्यान्वयन भए लाखौंले रोजगारी पाउने र काठमाडौको मुहार फेरिने दावी गरे ।

‘मसँग सयौं सय आइडियाहरु छ । यो मान्छे अनौठो कुरा गर्छ भन्छ, मेयरहरुले अनौठो नै कुरा गर्नुपर्छ’, स्थापितको भनाइ छ ।

उनले आफुले पानी बाहेककको उपहार नलिने पनि बताए । उनले आधारभुत कुराहरु पहिला पुरा गरेर प्रशासनिक सुधार थाल्ने समेत बताए ।

त्यसक्रममा उनले नागरिकले सप्रमाण भ्रष्टाचार गरेको भनेर आए ठाउँका ठाउँ कारवाही गर्ने पनि बताए । उनले १० वर्षमा दलितहरु नरहने समेत प्रतिज्ञा गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार